पोखरा । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरू सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको छ ।
ओली सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने सरकारले फिर्ता लिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार खारेज गरेकी छन् ।
त्यसबाहेकका सबै अध्यादेश सरकारले सदनमा प्रस्तुत गरेको हो ।
एसिड आक्रमणविरुद्ध कानून निर्माणका लागि ल्याइएको अध्यादेशलगायत सरकारले सदनमा प्रस्तुत गरेको हो ।