Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पार्टी एकता गरेर आफूले गम्भीर गल्ती गरे : प्रचण्ड

पार्टी एकता गरेर आफूले गम्भीर गल्ती गरे : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३, २०७८ आइतवार • २०:२१:२८ बजे
  • 751
    SHARES
  • पार्टी एकता गरेर आफूले गम्भीर गल्ती गरे : प्रचण्ड

    पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता गरेर आफूले गम्भीर गल्ती गरेको बताएका छन् ।

    images

    संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेपछि आफ्नो धारणा राख्दै प्रचण्डले आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकता प्रस्ताव लगेर गम्भीर गल्ती गरेको बताएका हुन् ।

    आइतबार संसदमा बोल्दै प्रचण्डले भने, ‘दुई तिहइको प्रधानमन्त्रीले पटक पटक संसद विघटन गरेर देशलाई दुर्घटनामा लैजाने काम पहिलो पटक भएको हो ।’ उनले यसअघि बोलेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीको भनाइलाई काट्दै यसो भनेका हुन् । उनले यस्तो दुर्दशा हुने थाहा पाएको भए आफूले एकता प्रस्ताव नै नगर्ने पर्ने रहेको बताएका छन् । ‘नेपालको इतिहासलाई कसैले बङ्ग्याउने प्रयास नगरौँ,’ उनले भने ।

    उनले यति चाँडै संसद् विघटन र अविश्वासको प्रस्ताव ल्याउनुपर्ने अवस्था आउँथ्यो भन्ने लागेको भए आफूले गठबन्धनको प्रस्ताव नै नलग्ने बताएका छन् । आइतबार संसद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कम्युनिस्टको सरकार निर्माण, स्थायी सरकार र समृद्धिका लागि भनेर गठबन्धन गरेको भए पनि त्यस्तो हुन नसकेका बताएका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology