Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

‘उतिबेला श्री ५, अहिले श्रीमान् ५ ले न्याय दिनुभयो’ : प्रदीप ज्ञवाली

‘उतिबेला श्री ५, अहिले श्रीमान् ५ ले न्याय दिनुभयो’ : प्रदीप ज्ञवाली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३, २०७८ आइतवार • २०:४९:०५ बजे
  • 811
    SHARES
  • ‘उतिबेला श्री ५, अहिले श्रीमान् ५ ले न्याय दिनुभयो’ : प्रदीप ज्ञवाली

    पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतले आफ्नो क्षेत्राधिकार मिचेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको आरोप लगाएको छ ।

    images

    ज्ञवालीले संविधानको धारा ७६ (५)को व्याख्या समेत दलीय प्रणाली भत्काउने गरी आएको दाबी गरेका छन । प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको विश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै एमाले नेता ज्ञवालीले सर्वोच्चको आदेशले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको आरोप लगाएका हुन् ।

    ‘हिजो २०६१ सालमा राजाले प्रधानमन्त्री नियुक्त गर्दा श्री ५ बाट न्याय भयो भन्नुभएको थियो । अहिले सर्वोच्चका ५ जना श्रीमानबाट न्याय पाउनु भएको छ । पहिलो श्री ५ बाट, अहिले श्रीमान् ५ बाट’ ज्ञवालीले भने । ज्ञवालीले अदालतले शक्ति पृथकीकरणको सिद्धान्तको सर्वोच्चबाट गलत व्याख्या भएको आरोप लगाए ।

    ‘रेफ्रीले आफैं गोल हान्दिनुभयो, विजेता घोषणा गरिदिनुभएको छ । हामी सबै गाउँघरबाट आएका हौं, ओदानको एउटा खुट्टा भाँचियो भने अगेनाका कसौंडी आगोमा गएर पाक्न लागेको भात खेर जानेछ,’ ज्ञवालीले भने ।

  • सम्बन्धित विषय:

  • # प्रदीप ज्ञवाली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology