Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

समृद्ध नेपाल सुखी नेपाली बनाउने जिम्मेवारी देउवाले लिनुहुन्छ : मीनेन्द्र रिजाल

समृद्ध नेपाल सुखी नेपाली बनाउने जिम्मेवारी देउवाले लिनुहुन्छ : मीनेन्द्र रिजाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३, २०७८ आइतवार • २०:५९:५१ बजे
  • 874
    SHARES
  • समृद्ध नेपाल सुखी नेपाली बनाउने जिम्मेवारी देउवाले लिनुहुन्छ : मीनेन्द्र रिजाल

    पोखरा । नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले सत्ता कस्तो चल्छ भन्ने कुरा आगामी दिनमा शेरबहादुर देउवा नेतृत्वको सरकारले देखाउने बताएका छन् ।

    images

    संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावको पक्षमा बोल्दै रिजालले मिलेमतोमा आफ्नो मर्यादा बिर्सेर काम गर्नेहरूलाई नेपालमा संवैधानिक सर्वोच्चता छ भन्ने कुरामा अदालतले सचेत गराएको बताए । रिजालले भने, ‘कांग्रेसले जीतमा शालिनता देखाउँछ, हारलाई सहर्ष स्वीकार्छ । संविधानलाई भत्काउने काममा हिँड्दैन ।’ अहिलेको संविधान सचेत मनले लेखेको र त्यसमा सांसदले स्वविवेक प्रयोग गर्ने व्यवस्था रहेको उनले बताए ।

    ‘एक दशकमा १२ वटा सरकार बन्ने अनुभवबाट संविधानमा धारा ७६ को उपधारा ५ को व्यवस्था राखेका हौँ । यो विवेकको मत दिने धारा हो,’ उनले भने । संसदमा रिजालभन्दा अगाडि बोलेका एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले देउवालाई अदालतले प्रधानमन्त्री नियुक्त गरेको टिप्पणी गरेपछि रिजालले त्यसको खण्डन गर्दै भने, ‘अदालतले प्रधानमन्त्री नियुक्त गरेको होइन । नेपालको अदालतले कठिनभन्दा कठिन अवस्थामा पनि बाटो देखाएको छ ।

    अहिले पनि त्यही बाटो देखाएको मात्रै हो ।’ सम्बोधनको क्रममा इकरस र मोमको कथा सुनाउँदै रिजालले भने, ‘धेरै उड्ने पनि काम नगर्नुस्, धेरै तल पनि नझर्नुस् त्यसरी धेरै छलाङ मार्न सकिँदैन ।’ उनले भने, ‘कांग्रेस त पूरै समय विपक्षमा बस्थ्यो तर, केपी ओलीकै कारण आफूहरूलाई सरकारमा पुर्‍याइदियो ।

    अब समृद्ध नेपाल सुखी नेपाली बनाउने जिम्मेवारी शेरबहादुर देउवाले लिनुहुन्छ त्यसैले विश्वासको मत दिनुहोस् ।’

  • सम्बन्धित विषय:

  • # मीनेन्द्र रिजाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology