Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

देउवाले पाए विश्वासको मत ,पक्षमा १६५, विपक्षमा ८३ मत

देउवाले पाए विश्वासको मत ,पक्षमा १६५, विपक्षमा ८३ मत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३, २०७८ आइतवार • २२:२२:४२ बजे
  • 1.3K
    SHARES
  • देउवाले पाए विश्वासको मत ,पक्षमा १६५, विपक्षमा ८३ मत

    प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको माधव नेपाल समूहको सहयोगमा देउवाले विश्वासको मत पाएका हुन् ।

    images

    देउवाले १६५ मत प्राप्त गरेका छन् भने विपक्षमा ८३ मत छ । ‘नो भोट’ मा १ मत रहेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् । ओली पक्षका ८ सांसदले गरे फ्लोर क्रस, एमालेका २२ सांसदकोे देउवालाई मत नेकपा एमालेको संस्थापन समूहका ८ जना सांसदले नेता माधव नेपालसँगै फ्लोर क्रस गरेका छन्।

    केपी ओली सरकारमा वन मन्त्री भएका प्रेम आले, तनहुँ १ सांसद कृष्णकुमार श्रेष्ठ किसानले पनि देउवाको पक्षमा मतदान गरेका छन् । संस्थापनमै रहेका हिराचन्द्र केसी, पार्वती विसुंखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेनले शेरबहादुर देउवालाई मत दिएका छन् । एमालेका २२ जना सांसदले देउवालाई विश्वासको मत दिएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology