पोखरा । नेपाली काङ्रेसका नेता गगन थापाले प्रधानमन्त्री एव् पार्टी सभापती शेर बहादुर देउवालाई पार्टीको कुनै पनि बैठक बालुवाटारमा नराख्न सुझाव दिएका छन ।
नेता थापाले ट्वीट गर्दै बलुवाटारमा पार्टी बैठक नराख्न गरेको अनुरोधमा सभापति देउवा सकारात्मक रहेको जानकारी पनि गराएका छन् । ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको बैठक नराख्न अनुरोध गरेका छौं ।
उहाँले पार्टी कार्यालयमा धर्ना भएका कारण बालुवाटारमा गरेको हो, अवदेखि त्यस्टो हुँदैन भनेर विश्वास दिलाउनुभएको छ । प्रधानमन्त्री ज्यू यो विश्वासलाई कायम राखिदिनुहोला,’ थापाले ट्वीटमा भनेका छन् ।
खोप केन्द्रको स्थलगत निरीक्षणमा निस्कदै प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेर बहादुर देउवाले आज कोभिड १९ विरुद्धको खोप लगाइने खोप केन्द्रहरुकोअनुगमनमा निस्कने भएका छन । अमेरिकले दिएको जोनसन एन्ड जोनसन को खोप दिने अभियान सुरु हुदै गर्दा देउवाले खोप केन्द्रको निरिक्षणमा निस्कन लागेका हुन ।
देउवाले काठमाडौं उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेललगायतका केन्द्रहरुको निरीक्षण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।