नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । केन्द्रीय कमिटीको १४औँ बैठक आज बिहान ११ बजेका लागि डाकिएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ । पार्टीको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मत दिएका २२ सांसदलाई कारबाहीको तयारी छ ।
आज बस्न लागेको केन्द्रिय कमिटिको बैठकलाई निकै महत्वका साथ हेरिएको छ । एमाले स्थायी कमिटिको यसअघिको बैठकले देउवाको पक्षमा मतदान गर्ने सांसदहरु एमाले रहन नसक्ने निर्णय गरेको थियो ।