Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एमालेको केन्द्रीय समितिको बैठक बस्दै,माधव नेपालसहितलाई कारबाहीको तयारी

एमालेको केन्द्रीय समितिको बैठक बस्दै,माधव नेपालसहितलाई कारबाहीको तयारी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ४, २०७८ सोमवार • १०:०८:१३ बजे
  • 493
    SHARES
  • एमालेको केन्द्रीय समितिको बैठक बस्दै,माधव नेपालसहितलाई कारबाहीको तयारी

    पार्टी विवाद उत्कर्षमा पुगेको बेला नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज बस्न लागेको छ ।

    images

    एमाले पार्टी कार्यालयका सचिव शेर बहादुर तामाङका अनुसार आज वैठकमा विधान अधिवेशन र पार्टीको निर्देशन अवेज्ञा गर्ने नेताहरुको कारवाही बारे क्षलफल हुने बताएका छन् । ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक आज बिहान ११ बजे देखि बस्न लागेको हो ।

    एमालेले यही साउन २५ देखि २७ सम्म विधान अधिवेशन गर्दै छ ।

    यस्तै आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा विपक्षीमा मतदान गर्न एमाले निर्देशन दिएको थियो । तर एमालेका ३३ जना सांसदले पार्टी ह्वीप उलङ्घन गरेका थिए । जसमा २२ जनाले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका छन् ।

    माधव नेपाल पक्षका आठ जनाले मतदान नहुँदै सदन छोडेर तटस्थताको नीति लिएका थिए । यता अध्यक्ष केपी ओली पक्षका ८ जनाले पनि फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए । यसबारे तामाङले भने, ‘पार्टी पद्धति, पार्टी विधान र पार्टीको अनुशासन उल्लङ्घनसँग जोडेर कारबाही गर्छौँ ।’ विश्वासको मत दिएकै कुरालाई कारबाहीको विषय बनाउन नपाइने सर्वोच्च अदालतको फैसला रहेका पार्टीको अनुशासन कारबाही गरिने उनको भनाइ छ ।

    उनले भने, ‘उहाँले विश्वासको मत दिनु नै हुने थियो । त्यो चर्चाको विषय भएन । तर पार्टीमा हुर्किँदै गएको अराजकता रोक्ने विषयमा छलफल हुन्छ ।’ प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको विषयमा कारबाही नभए पनि कारबाहीका अन्य विषय पनि रहेको तामाङले बताए ।

    ‘विश्वासको मत दिएको विषयमा सांसद पद खारेज नहोला । तर अन्य विषयमा कारबाही हुन्छ । सांसद पद पनि जान्छ । आजको बैठकले प्रक्रिया पुर्‍याएर अगाडि बढ्छौँ,’ उनले भने ।

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology