पोखरा । निवर्तमान प्रधानम्त्री तथा एमाले अह्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार एमाले नेता सुर्य थापाले नेपाल खनाल समूहलाई ‘हरामी’ गुट भनेका छन् ।
सामाजिक सञ्चाल ट्वीटरमा ट्वीट गर्दै थापाले देउवा सरकारलाई टालाटुली बटुली विश्वासको मत हासिल गरेको पनि बताएका छन् । उनले तटस्थ बसेका एमालेका १० सांसदलाई बिरामी भनेका छन् ।
सामाजिक सञ्चाल ट्वीटरमा ट्वीट गर्दै थापाले भनेका छन्,’ २०७८ साउन ३ को मध्यरात- श्री शेबदे नेतृत्वको टालाटुली बटुली सरकारले विश्वासको मत हासिल गर्यो ।
काङ्ग्रेस ६१, माके ४९, जसपा३२, हरामी गुट२२ र राष्ट्रिय जनमोर्चा१= १६५ । विपक्षमा एमाले ८३, विरामी१०, फ्लोक्रस, प्रलोभन र बिक्रीबट्टा त परमादेशबाटै मान्य छ ! हेरौँ त तमासा !’