Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानमन्त्री देउवालाई पाकिस्तानका प्रधानमन्त्री खानको बधाई

प्रधानमन्त्री देउवालाई पाकिस्तानका प्रधानमन्त्री खानको बधाई

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ४, २०७८ सोमवार • ११:०१:२३ बजे
  • 1.7K
    SHARES
  • प्रधानमन्त्री देउवालाई पाकिस्तानका प्रधानमन्त्री  खानको बधाई

    प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेकोमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई दिएका छन्।  

    images

    खानले ट्वीट गर्दै खानलले नेपाल र पाकिस्तानको सम्बन्धलाई थप प्रगाढ बनाउँदै साझा चासोका मुद्दाहरुमा नेपालसँग मिलेर नजिकबाट काम गर्ने बताएका छन्।

    सर्वोच्च अदालतले केपी शर्मा ओलीलाई अपदस्त गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवलाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। प्रधानमन्त्री नियुक्त भएका देउवाले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिएका थिए।

    प्रतिनिधिसभामा कायम रहेको २७१ संख्याको बहुमत पुग्न १३६ मत आवश्यक थियो। सो अनुसार देउवाले १६५ मत पाउँदै विश्वासको मत हासिल गरेका थिए। 

    विश्वासको मत प्राप्त गरे लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देउवलाई बधाई दिएका थिए। 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology