Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

यी हुन देउवालाई विश्वासको मत दिने २२ सांसद जसलाई ओलीले गरे कारबाहीको प्रस्ताव

यी हुन देउवालाई विश्वासको मत दिने २२ सांसद जसलाई ओलीले गरे कारबाहीको प्रस्ताव

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ४, २०७८ सोमवार • १४:३९:४५ बजे
  • 1.3K
    SHARES
  • यी हुन देउवालाई विश्वासको मत दिने २२ सांसद जसलाई ओलीले गरे कारबाहीको प्रस्ताव

    पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी केन्द्रिय समिति बैठकमा प्रतिनिधि सभा वैठकमा पार्टीको नियम विपरित बिश्वासको मत दिने बैठकमा अविश्वासको मतमा मतदान नगर्ने सांसदलाई अनुशासनको कार्बाही गर्ने प्रस्ताव पेश गरेका छन ।

    images

    ललितपुरमा जारी केन्द्रिय समिति बैठकमा ओलीले ती सांसदलाई २४ घण्टाको समय दिएर स्पष्टीकरण सोध्ने बताएका छन्। पार्टीको केन्द्रीय कमिटी बैटक सुरु गर्दै अध्यक्ष ओलीले यस्तो प्रस्ताव गरेका हुन्।

    यी हुन् देउवालाई विश्वासको मत दिने २२ एमाले सांसद

    आइतबार राति प्रतिनिधिसभा बैठकमा २२ सांसदले विश्वासको मत दिएका थिए। विश्वासको मत दिनेमा सांसदहरु प्रेम आले, हिराचन्द्र केसी, किसान श्रेष्ठ, पावर्ती विसङखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा र समिमा हुसेन रहेका छन्। 

    त्यसैगरी, वरिष्ठ नेता माधवकुमार नेपालसहित रामकुमारी झाक्री, मेटमणि चौधरी, विरोध खतिवडा, मुकुन्द न्यौपाने, निरादेवी जैरु, सरला यादव, लक्ष्मी चौधरी, पुष्पा कर्ण, कृष्णलाल महर्जन, भवानी खापुङ, कल्याणी खड्का, सरला यादव र गोपाल बम छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology