Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ४, २०७८ सोमवार • १५:२२:५१ बजे
  • 2.6K
    SHARES
  • प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

    पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आइतबार टेलिफोन वार्ता भएको छ ।

    images

    फोन वार्ताका क्रममा प्रधानमन्त्री मोदीले देउवालाई बधाई तथा शुभकामना दिँदै दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका थिए । यस्तै मोदीले कोरोना महामारी लगायत विषयमा सहकार्य गरेर अघि बढ्ने कुरा पनि राखेका थिए ।

    सो क्रममा देउवाले बधाई दिएकोमा मोदीलाई धन्यवाद दिँदै साझा विषयहरुमा मिलेर काम गर्न तयार रहेको धारणा राखेको बताइएको छ ।

    प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत देउवासँग टेलिफोन वार्ता भएको पुष्टि गर्दै लेखेका छन्ः

    narendra.png

    यसअघि आइतबार पनि संसदबाट विश्वासको मत जितेपछि मोदीले देउवालाई बधाई दिएका थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology