Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतको नयाँ दिल्लीमा काठमाडौंबाट सातामा ६ उडान हुने

भारतको नयाँ दिल्लीमा काठमाडौंबाट सातामा ६ उडान हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ४, २०७८ सोमवार • १८:२१:५८ बजे
  • 787
    SHARES
  • भारतको नयाँ दिल्लीमा काठमाडौंबाट सातामा ६ उडान हुने

    काठमाडौँ-नयाँ दिल्ली उडान अबदेखि सातामा कुल ६ पटक हुने भएको छ । यसअघि कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि सातामा २ दिन मात्र उडान भइरहेको काठमाडौँ-नयाँ दिल्ली उडान अबदेखि सातामा कुल ६ पटक हुने नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रसाद पौडेलले जानकारी दिए।

    images

    पौडेलका अनुसार अब नयाँ दिल्लीमा काठमाडौंबाट सोमबार, बुधबार र शनिबार नेवानिको उडान हुने छ । भारतबाट एयर इण्डियाले उडान तालिका तोक्नेछ ।

    यसअघि सातामा दुई उडान मात्र हुँदा सीट उपलब्ध नहुँदा नयाँ दिल्लीको भाडा अत्यधकि महंगो भएको थियो । बढेको उडान २४ जुलाईबाट मात्र कार्यान्वयनमा आउने निगमले जनाएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology