Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

अवैधानिक कमिटीले सोधेको स्पष्टीकरणको अर्थ छैन : रामकुमारी झाँक्री

अवैधानिक कमिटीले सोधेको स्पष्टीकरणको अर्थ छैन : रामकुमारी झाँक्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ४, २०७८ सोमवार • १८:२९:१८ बजे
  • 1.2K
    SHARES
  • अवैधानिक कमिटीले सोधेको स्पष्टीकरणको अर्थ छैन : रामकुमारी झाँक्री

    नेकपा एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष केपी ओली पक्षले सोधेको स्पष्टीकरणको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएकी छन् । केन्द्रीय कमिटी बैठकबाट २२ जना सांसदलाई अनुशासनको कारबाहीका लागि भन्दै सोधेको स्पष्टीकरणको कुनै अर्थ नभएको टिप्पणी झाँक्रीले गरेकी हुन् ।

    images

    स्पष्टीकरणको अर्थ नभएको, स्पष्टीकरण नदिइने र जबर्जस्ती कारबाहीको निर्णय गरे अदालतको मानहानीमा मुद्दा हाल्ने झाँक्रीले चेतावनीसमेत दिएकी छन् । ‘त्यो आफैंमा अवैधानिक कमिटी हो, त्यसलाई स्पष्टीकरण सोध्ने अधिकार नै छैन, हामी अवैधानिक कमिटीले सोधेको स्पष्टीकरणको जवाफ दिँदैनौं’, झाँक्रीले भनिन्, ‘जबर्जस्ती अगाडि बढ्न खोजे भने यो सीधा अदालतको मानहानी हुने विषय हो, हामी मानहानीको मुद्दा हाल्छौं।

    आइतबार एमालेका २२ जना प्रतिनिधि सभा सदस्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थए । २२ जनामा झाँक्री पनि थिइन् । सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले उनीहरुलाई अनुशासनको कारबाहीका लागि २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology