Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

साउन ६ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

साउन ६ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ४, २०७८ सोमवार • १८:३२:५८ बजे
  • 1.0K
    SHARES
  • साउन ६ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

    सरकारले साउन ६ गते बकर इद पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले निःशुल्क खोप उपलब्ध गराउन खोप उत्पादन गर्ने कम्पनीहरुलाई आग्रह गर्ने निर्णय समेत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा साढे चार बजेबाट बैठक जारी रहेको छ ।

    images

    मन्त्रिपरिषदले संसद अधिवेशन अन्त्य गर्नेबारे छलफल गरेर निर्णय गर्नसक्ने एक मन्त्रीले जानकारी दिएका छन् । ‘सम्भव त संसद अधिवेशन अन्त्य गर्नेबारेमा छलफल र निर्णय हुनसक्छ ।

    बाँकी दैनिक काम कारवाहीका विषयमा छलफल हुन्छ’, ति मन्त्रीको भनाइ छ । देउवा नेतृत्वको सरकारमा गृहमन्त्री बालकृष्ण खाँड ,अर्थमन्त्री जनार्दन शर्मा ,उर्जामन्त्री पम्फा भुसाल ,कानुन तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्की रहेका छन्

  • सम्बन्धित विषय:

  • # सार्वजनिक विदा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology