Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एमालेका नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिच बिहानै भेटवार्ता

एमालेका नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिच बिहानै भेटवार्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ५, २०७८ मंगलवार • ०९:५६:०४ बजे
  • 1.3K
    SHARES
  • एमालेका नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिच बिहानै भेटवार्ता

    पोखरा । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच मंगलबार बिहानै भेटवार्ता भएको छ।

    images

    प्रचण्डले नेता नेपाललाई कोटेश्वरस्थित उनकै निवास पुगेर भेटेका हुन्। नेपाललाई भेट्न प्रचण्ड बिहान सवा ८ बजे नेपाल निवास कोटेश्वर पुगेका थिए। स्रोतका अनुसार प्रचण्ड झण्डै एक घण्टा भेट गरेर नेपाल निवासबाट बाहिरिएका छन्।

    नेता नेपाल र उनका समर्थक २२ जना सांसदहरुले असार ३ गते संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए।

    माधव नेपाल एमालेमा नफर्कने केपी ओलीको निष्कर्ष : २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय

    नेकपा एमालेको केन्द्रीय कमिटीको १० औं बैठकले १० बुँदे एकता प्रस्ताव पारित गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने निर्णय गरेको छ ।

    सोमबार बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई मतदान गर्ने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

    ज्ञवालीले गत जेठ २३ गते अध्यक्ष केपी ओलीले गरेको पार्टी एकताको आह्वान र गत असार २७ गते कार्यदलले तयार पारेको १० बुँदे कार्यान्वयन सुरु गरेको दावी समेत गरे । पार्टीको निर्देशनविपरित फ्लोर क्रस गर्ने र मत दिने काम पार्टी अनुशासनहिन र गलत काम भएकोले २२ जना सांसदहरुलाई स्पष्टीकरण माग्ने निर्णय भएको छ’, बैठकपछि प्रवक्ता ज्ञवालीले जानकारी दिए । उनीहरुलाई सोधीएको स्पस्टीकरणको आधारमा कस्तो कारवाही गर्ने भन्ने निर्णय हुने एमालेले जनाएको छ । 

    त्यस्तै बैठकमा ओलीसहितका नेताले माधव नेपाल एमालेमा नफर्कने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए । 
    ‘हाम्रा प्रयासले माधव नेपाललाई फर्काउन नसकेको हो’, प्रवक्ता ज्ञवालीले पनि सो कुरालाई पुष्टि गरे, ‘हामीले १० बुँदे कार्यन्वयन गरौ भनेर हिजो बिहान पनि माधव नेपाललाई भेटेर भन्यौ तर उहाँले ठाडो जवाफ दिनुभयो । प्रस्तावमा सहमत छैन, काँग्रेसलाई मत दिने बचनबाट म पछि हट्दिन र अल्पमतमा रहेको कमिटिमा गएर निर्णय मान्दिन भन्नुभयो’, नेपालको भनाइ उदृत गर्दै ज्ञवालीले भने, ‘हामीले उहाँलाई जति प्रयास गर्दा पनि एमालेमा फर्काउन नसकेकै हो ।’ 

    बैठक भोलि ३ बजे पुन बस्नेछ । त्यस्तै बैठकमा उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामाका बारेमा समेत चर्चा भएको थियो । ‘उहाँले राजीनामा गर्नुहुँदैन थियो । पार्टीभित्र समस्याहरु भएपनि भित्रै छलफल गरेर समाधान गर्न सकिन्थ्यो’, ज्ञवालीको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # अध्यक्ष प्रचण्ड
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology