Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बग्दादमा बम विस्फोट हुँदा २५ को मृत्यु

बग्दादमा बम विस्फोट हुँदा २५ को मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ५, २०७८ मंगलवार • ०९:५९:२१ बजे
  • 1.1K
    SHARES
  • बग्दादमा बम विस्फोट हुँदा २५ को मृत्यु

    एजेन्सी । इराकको राजधानी बग्दादमा बम विस्फोट भएको छ । विस्फोटमा परि कम्तीमा २५ जनाको ज्यान गएको छ । दर्जनौँ व्यक्ति घाइते भएको बीबीसीले जनाएको छ ।

    images

    विस्फोटमा परि महिला र बालबालिकाले पनि ज्यान गुमाएका छन् । मुस्लिम धर्मावलम्बीले इद पर्वको तयारी गरिरहँदा उत्तरी साड सहर क्षेत्रमा विस्फोट भएको हो । विस्फोट व्यस्त बजारमा भएको थियो । केही पसलहरुमा समेत आगलागी भएको छ ।

    इस्लामिक स्टेट आईएस समूहले घटनाको जिम्मेवारी लिएको समाचार संस्था रोयटर्सले जनाएको छ । पछिल्लो ६ महिनामा बग्दादमा भएको यो सबैभन्दा घातक घटना भएको बीबीसीले जनाएको छ । इराकी सरकारले सन् २०१७ को अन्त्यमा सुन्नी मुस्लिम जिहादी समूहमाथि विजयी भएको घोषणा गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # बम विस्फोट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology