Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अश्लिल फिल्म बनाएको आरोपमा शिल्पाका पति राज कुन्द्रा पक्राउ

अश्लिल फिल्म बनाएको आरोपमा शिल्पाका पति राज कुन्द्रा पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ५, २०७८ मंगलवार • १०:२५:४२ बजे
  • 3.1K
    SHARES
  • अश्लिल फिल्म बनाएको आरोपमा शिल्पाका पति राज कुन्द्रा पक्राउ

    एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा बिजनेशम्यान राज कुन्द्रा पक्राउ परेका छन् । मुम्बई पुलिसको क्राइम ब्रान्चले उनलाई सोमबार राती पक्राउ गरेको हो । अश्लिल फिल्म (पोर्न फिल्म) बनाएर ऐप मार्फत रिलिज गरेको आरोपमा उनी पक्राउ परेका हुन् । यो मामिलामा पुलिसले उनलाई मुख्य आरोपी बनाएको छ । यसै बर्ष फेब्रुअरीमा उनीबिरुद्ध अश्लिल फिल्म बनाएको र एप मार्फत रिलिज गरेको उजुरी दर्ता भएको थियो । यसै मामिलामा राज कुन्द्रा मुख्य आरोपीको रुपमा पक्राउ परेका हुन् ।

    images

    राजकुन्द्राको बिरुद्ध आफुसँग प्रयाप्त प्रमाण भएको र उनलाई सोधपुछ गरिरहेको मुम्बई पुलिसले बताएको छ । मेडिकल परिक्षणपछि राज कुन्द्रालाई आज मंगलबार कोटमा पेस गरिनेछ । मुम्बई पुलिस ब्रान्चमा गत फेब्रुअरीमा अश्लिल फिल्म बनाएको र त्यो अलग अलग ओटीटी प्लेटफर्ममा रिलिज गरिएको केस दर्ता भएको थियो । यो मामिलामा पुलिसले बिभिन्न ठाउँमा छापा मारेर पहिले नै ४ ब्यक्ति पक्राउ गरिसकेको छ । पक्राउ आरोपीको बयान अनुसार र टेक्निकल एविडेन्सको आधारमा राज कुन्द्रालाई पक्राउ गरिएको हो । पुलिसको जाचमा राज कुन्द्रा मुख्य दोसी पाइएको छ ।

    हटसट नामक एक एप बनाएको र उक्त एपमा फिल्म राख्दै मानिससँग पैसा उठाएको र एमका मालिक राज कुन्द्रा भएको आरोप पुलिसको रहेको छ । राज कुन्द्राले भने आफ्नो एपसँग कुनै पनि लेनदेन नभएको दावी गरेका छन् । पुलिसका अनुसार मुम्बईमा कामको खोजीमा आउने सोझा सिधा केटीलाई यो कामका लागि फसाउने गरिएको छ । ठुलो फिल्ममा काम लगाउने बहानामा समेत अश्लिल फिल्ममा काम गराउने गरिएको छ । फिल्म बनेपछि मोवाईल ऐप तथा ओटीटी प्लेटफर्ममा रिलिज गरेर लाखौ कमाउने गरिएको छ ।

    मुम्बईको मलाड वेस्टको मढ गाउँको एक घर भाडामा लिइएको थियो । जसमा अश्लिल फिल्म छायाँकन भएको थियो । एपीआई लक्ष्मीकान्त सालुखेले उक्त बंगलामा छापा मारेको समय पनि अश्लिल फिल्मको सुटिङ चलिरहेको थियो । सो क्रममा आरोपीले एकमात्र नभएर कयौ एपमा यस्ता फिल्म रिलिज गर्ने गरेको समेत बुझिएको छ ।

  • सम्बन्धित विषय:

  • # राज कुन्द्रा पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology