Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

राजनिती

बालकोट स्थित ओलीकै निवासमा ओली र विप्लव बीच भेटवार्ता

बालकोट स्थित ओलीकै निवासमा ओली र विप्लव बीच भेटवार्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ५, २०७८ मंगलवार • १२:१३:१७ बजे
  • 2.8K
    SHARES
  • बालकोट स्थित ओलीकै निवासमा ओली र विप्लव बीच भेटवार्ता

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लवबिच भेटवार्ता भएको छ।

    images

    ओलीलाई भेट्न विप्लव मंगलबार बिहान भक्तपुरको बालकोट स्थित उनकै निवास पुगेका हुन्। उनीहरुबिच बिहान साढे ८ देखि साढे ११ बजेसम्म भेटवार्ता भएको हो। सो भेटमा नेकपा प्रवक्ता खड्क बहादुर विश्वकर्मा, सचिवालय सदस्य धमेन्द्र बास्तोला, सन्तोष बुढासहित सहभागी रहेको जनाइएको छ ।

    पछिल्लो समय नेता विप्लव भेटवार्तामा व्यस्त छन्, सोही क्रममा ओलीसँग भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । विप्लवले ट्विट गरेर पछिल्लो राजनीतिक अवस्थाका विषयमा ओलीसँग छलफल भएको जानकारी दिएका छन्।

    भेटमा सहभागी एमाले नेता राजन भट्टराईका अनुसार विप्लव समूहका नेताहरुले हिजो जे सहमति गरेर आएका हौं, त्यसअनुसार नै अगाडि बढ्न चाहन्छौं भनेका थिए । उनीहरुले १ फागुन २०७७ मा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनमा ढिला भएको गुनासो थियो । ‘कानूनी जटिलता थिए, त्यो फुकाउने क्रममा अगाडि बढ्दै जाँदा समय नपुगेको हो । अन्यथा रुपमा लिनु हुँदैन भन्यौं’ एमाले नेता भट्टराईले भनेका छन् ।

    अध्यक्ष ओलीले पनि सरकार भए पनि विपक्षमा रहे पनि सहमतिबारे आफ्नो धारणा एक रहने बताएका छन् ।

    विप्लवले केही दिनअघि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल, माओवादी छाडेर एमालेमा लागेका टोपबहादुर रायमाझी, मणि थापा र प्रभु साहलगायतसँग उनले भेटघाट गरेका थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology