Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

माधव नेपालले गरे २२ जना सांसदहरूसँग छलफल

माधव नेपालले गरे २२ जना सांसदहरूसँग छलफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ५, २०७८ मंगलवार • १८:५८:२६ बजे
  • 1.0K
    SHARES
  • माधव नेपालले गरे २२ जना सांसदहरूसँग छलफल

    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमालेका २२ जना सासंदहरुसँग छलफल गरेका छन् । नयाँ बानेश्वरस्थित एक होटलमा भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेपाल निकटका सांसदहरुको उपस्थित रहेको छ ।

    images

    एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका समेत गरी २२ जना सांसदले देउवाको मक्षमा मत दिएका थिए । सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेपालसहित २२ जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको भए पनि उनीहरूलाई स्पष्टिकरण सोधिएको पत्र बुझाइएको छैन ।

    सोमबार एमालेको केन्द्रीय कमिटी बैठकले विश्वासको मत दिने नेता नेपालसहित २२ सांसदलाई अनुशासनको कारवाही गर्न २४ घण्टाको अल्टिमेटम दिएर स्पष्टीकरण सोध्ने निर्णय गरिसकेको छ । यसबीच एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सासंसदलाई सपष्टीकरण पत्र पठाएको छ । त्यस्तै देउवा नेतृत्वको सरकारमा माधव नेपाल समूह तत्काल नजाने भएको छ ।

    प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत पाएसँगै गठबन्धनमा सामेल राजनीतिक दलहरूलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology