Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

ओलीले बनाए प्रभुको नेतृत्वमा एमालेको ‘आईटी आर्मी’

ओलीले बनाए प्रभुको नेतृत्वमा एमालेको ‘आईटी आर्मी’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ५, २०७८ मंगलवार • १९:०७:३३ बजे
  • 4.5K
    SHARES
  • ओलीले बनाए प्रभुको नेतृत्वमा एमालेको ‘आईटी आर्मी’

    नेकपा एमालेले प्रभु साहको नेतृत्वमा ‘आईटी आर्मी’ गठन गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको लोकन्थलीस्थित एक पार्टी प्यालेसबाट ‘आईटी आर्मी’ गठनको घोषणा गरेका हुन् । उक्त संगठनको मुख्य काम ‘शासक वर्ग’ले समाजमा सृजना गरेको भ्रम चिर्ने रहेको एमालेले जनाएको छ ।

    images

    कार्यक्रमबाट संगठनको अन्तरिम घोषणापत्रसमेत सार्वजनिक गरिएको हो । अन्तरिम घोषणापत्रमा द्वन्द्व र विभाजनको स्थितिको अन्त्य आईटी आर्मीले गर्ने बताइएको छ । आईटी आर्मीले सूचना प्रविधि (आईटी) को सहायताले मुलुकमा व्याप्त दूराचार, भ्रष्टाचार, बेथितिलगायत विसंगति हटाउन सकिने उल्लेख छ ।

    आईटीकै माध्यमबाट दमन, उत्पीडन र विभेदलाई बढावा दिने गलत शासन व्यवस्थाको अन्त्य गरिने अन्तरिम घोषणापत्रमा उल्लेख छ । मुख्यतः आम श्रमजीवी तथा उत्पीडित जनतालाई सूचना प्रविधिको सहायताले सुसूचित, सचेत र संगठित गर्ने गराउने आईटी आर्मीको उद्देश्य छ । साहले एक सय ५१ सदस्यीय सो संगठनले आईटी क्षेत्रबाट पार्टीका गतिविधिहरू निगरानी गने बताएका छन् ।

    IT-uml.png

  • सम्बन्धित विषय:

  • # आईटी आर्मी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology