Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानमन्त्री देउवाद्वारा सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी

प्रधानमन्त्री देउवाद्वारा सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ५, २०७८ मंगलवार • १९:१०:०७ बजे
  • 1.1K
    SHARES
  • प्रधानमन्त्री देउवाद्वारा सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी

    प्रधानमन्त्री शेरबहादुर देउवाले नेकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका छन् । सीता दाहाल लामो समयदेखि बिरामी छन् ।

    images

    मंगलबार प्रचण्डलाई भेट्न खुमलटारस्थित उनकै निवासमा पुगेका देउवाले सीता दाहालको स्वास्थ्य अवस्थावारे जानकारी लिएको प्रचण्डको स्वकीय सचिव गंगा दाहालले फेसबुकमा तस्विर सेयर गर्दै जानकारी दिएकी हुन् । देउवाले सरकारलाई पूर्णता दिन राजनीतिक भेटघाट सुरु गरेका छन् ।

    यसका लागि प्रचण्डलाई भेट्न आज देउवा खुमलटार पुगेका हुन् । विश्वासको मत पाएपछि देउवाले गठबन्धनको विश्वास आर्जनको अभ्यास थालेका हुन् । यसका लागि देउवाले प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् । प्रचण्डले सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको प्रस्ताव राख्दै आएका छन् ।

    देउवाले भने सत्ता साझेदारीका लागि सबै दललाई समेटेर जान माओवादीबाट समन्वयकारी भूमिकाको खोजी गरेको देउवाका सहयोगी नेताहरूको भनाई छ ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री देउवा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology