Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सुरक्षा चुनौती थप सुरक्षाकर्मी परिचालन

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सुरक्षा चुनौती थप सुरक्षाकर्मी परिचालन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ६, २०७८ बुधवार • ०९:३८:०८ बजे
  • 967
    SHARES
  • प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सुरक्षा चुनौती थप सुरक्षाकर्मी परिचालन

    पोखरा । सत्ता परिवर्तनका वाहक बनेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सुरक्षा थप गरिएको छ । संसद् विघटनसँग सम्बन्धित मुद्दामा तत्कालीन सरकारको विपक्षमा फैसला आएपछि उनलाई दिँदै आएको सुरक्षामा थप गरिएको हो।

    images


    राणालाई सुरक्षा चुनौती बढेको भन्दै वर्तमान सरकारले उनको सुरक्षामा ध्यान दिँदै थप सुरक्षाकर्मी परिचालन गरेको छ । उनको निजी निवासमा पनि सुरक्षाकर्मी बढाइएको छ भने सरकारी निवासमा समेत सुरक्षाकर्मी बढाइएको एक प्रहरी अधिकृतले जानकारी दिए ।

    ‘अहिले उहाँमा सुरक्षा चुनौती बढेकाले थप सुरक्षाकर्मी परिचालन गर्नू भन्ने गृह मन्त्रालयको आदेश आएपछि एक कम्पनी सुरक्षाकर्मी थप गरेका छौं ।’ –ती सुरक्षा अधिकारीले भने । संसद् पुनःस्थापनापछि सार्वजनिक सडकमा उनको सवारी हुँदा सुरक्षाकर्मीको स्कटिङ पनि अघिपछिको भन्दा बढी देखिएको छ । नेपाल समाचारपत्रमा खबर छ । 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology