Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बालकोटमा ओली–विप्लव भेट, के भयो कुराकानी ?

बालकोटमा ओली–विप्लव भेट, के भयो कुराकानी ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ६, २०७८ बुधवार • ०९:४०:५७ बजे
  • 1.2K
    SHARES
  • बालकोटमा ओली–विप्लव भेट, के भयो कुराकानी ?

    पोखरा । पूर्वप्रधानमन्त्री एवं नेपाल एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनस्टि पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । 

    images

    मंगलबार ओली निवास बालकोटमा  नेकपाका  भएको भेटवार्तामा सहभागी एमाले  नेता  राजन  भट्टराईका अनुसार भेटमा  चन्दले यसअघि भएको  सहमतिअनुसार  अगाडि बढ्ने    जानकारी दिएका थिए । गोरखापत्रमा खबर छापिएको छ ।

    पछिल्ला केही दिन यता विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधव नेपाल, नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्य किरण र जनता समाजवादी पार्टी (जसपा) सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भेट गरिसकेका छन् ।

    नेताहरूसँगको भेटमा विप्लवले तीन बुँदे सहमतिको कार्यान्वयन तथा अझै हिरासतमा रहेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको बारेमा चासो व्यक्त गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology