Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दोस्रो डोज खोप लगाएका विदेशीलाई साउदीमा प्रवेश अनुमति

दोस्रो डोज खोप लगाएका विदेशीलाई साउदीमा प्रवेश अनुमति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ६, २०७८ बुधवार • १०:२८:५३ बजे
  • 1.3K
    SHARES
  • दोस्रो डोज खोप  लगाएका विदेशीलाई साउदीमा प्रवेश अनुमति

    एजेन्सी । साउदी अरेबियाले कोभिडको खोप लगाएका व्यक्ति मात्र साउदी अरेबिया आउन पाउने नियम लागु गरेको छ । कोभिडकाबीच विभिन्न देशका यात्रुलाई प्रतिबन्ध लगाएको साउदीले कोरोना विरुद्धको दोश्रो डोज लगाएका जुन सुकै देशका नागरिकलाई पनि प्रवेश गर्न अनुमति दिएको छ ।

    images

    यो नियम आगामी अगष्ट ९ देखि लागु हुनेछ । साउदीमा पछिल्लो समय नयाँ भेरिएन्टका कारण संक्रमितको संख्या बढ्न थालेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । साउदीले कोरोना महामारीलाई मध्यनजर गर्दै गत मे महिनादेखि यात्रा प्रतिबन्ध लगाएको थियो । साउदीले गरेको यात्रा प्रतिबन्ध फुकुवासँगै नेपालका कामदार केही हदसम्म राहत मिलेको छ ।

    साउदी अरबमा कोरोना संक्रमितको संख्या ५ लाख १२ हजार नाघेको छ । संक्रमणका कारण हालसम्म ८ हजार एक सय बढीको मृत्यु भइसकेको छ ।

  • सम्बन्धित विषय:

  • # साउदीमा प्रवेश
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology