Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ६, २०७८ बुधवार • १०:३३:०३ बजे
  • 862
    SHARES
  • एमाले केन्द्रीय कमिटी बैठक बस्दै

    नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ। च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा आज अपरान्ह ३ बजे बैठक बस्दैछ। मंगलबार पनि केन्द्रीय कमिटी बैठक बसेको थियो।

    images

    प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ एमाले सांसदलाई स्पष्टीकरण सोध्ने केन्द्रीय कमिटीले निर्णय गरेको छ। पत्र पुगेको २४ घन्टाभित्र स्पष्टीकरण दिइसक्न एमालेले निर्देशन दिएको छ।

    मंगलबार सातै प्रदेशका पार्टी कमिटी प्रमुखहरूले प्रदेशमा पार्टीको संगठनात्मक अवस्थाबारे जानकारी गराएका थिए। पार्टीबाट वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष छाडेर जाने अवस्था आएमा पर्ने प्रभावबारे समेत बैठकमा छलफल भएको थियो । केन्द्रीय कमिटी बैठकमा नेपाल पक्षको भने सहभागिता थिएन ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology