Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

बलिदानीपूर्ण संघर्षले हासिल गरेका उपलब्धीहरुमाथि देशीविदेशी प्रतिक्रियावादीबाट हमला भयो : प्रचण्ड

बलिदानीपूर्ण संघर्षले हासिल गरेका उपलब्धीहरुमाथि देशीविदेशी प्रतिक्रियावादीबाट हमला भयो : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ६, २०७८ बुधवार • १०:४२:३१ बजे
  • 817
    SHARES
  • बलिदानीपूर्ण संघर्षले हासिल गरेका उपलब्धीहरुमाथि देशीविदेशी प्रतिक्रियावादीबाट हमला भयो : प्रचण्ड

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले विभिन्न समुदायको बलिदानीपूर्ण संघर्षले हासिल गरेका उपलब्धीहरुमाथि पछिल्लो चरणमा देशीविदेशी प्रतिक्रियावादीहरुबाट हमला गर्ने काम भएको बताएका छन् ।

    images

    मुस्लिम धर्मावलम्बीको ठूलो चाड बकर इद (इद उल अज्जा) को अवसरमा स्वदेश तथा विदेशमा रहेका मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका हुन् । “वर्षौंदेखि नेपाली समाजले आफ्नो छुट्टै पहिचानका रुपमा अभ्यास गर्दै आएको सामाजिक व्यवस्था बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक हो । नेपालीहरुको यही विशेषताका कारण नेपाल एक अविभाज्य र सार्वभौम राष्ट्र बन्न सफल भएको हो ।

    नेपाली समाजको यही विशेषता र एकताको बलमा नेपालमा ठूलाठूला राजनैतिक र सामाजिक परिवर्तनहरु भए,” प्रचण्डले भने । समुदायले हासिल गरेका हक अधिकारहरुको कटौती हुन थालेकामा चिन्ता व्यक्त गर्दै प्रचण्डले भने, “प्रतिक्रियावादीहरुबाट हमला गर्ने काम भए ।

    समुदायले हासिल गरेका हक अधिकारहरुको कटौती हुन थाल्यो । तर, त्यस्ता प्रतिगामी तत्वहरु जनताको तागत अगाडि परास्त भए । त्यसकारण आजको दिन समुदायको कटौती भएको अधिकारको पुनर्बहालीको अवसरका रुपमा मनाउन आग्रह गर्दछु ।” विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीमा स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरुको पालना गर्दै सुरक्षित रही बकर इद मनाउन उनले आग्रह गरे ।

    balidani.jpg

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology