Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

जसपा अध्यक्ष ठाकुर र प्रधानमन्त्री देउवा बीच भेटघाट

जसपा अध्यक्ष ठाकुर र प्रधानमन्त्री देउवा बीच भेटघाट

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ६, २०७८ बुधवार • १२:०३:३८ बजे
  • 1.8K
    SHARES
  • जसपा अध्यक्ष ठाकुर र प्रधानमन्त्री  देउवा बीच भेटघाट

    पोखरा । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री शेरबहादुर देउवा बीच भेटघाट भएको छ । मंगलवार बिहान प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष ठाकुर प्रधानमन्त्री निवास बालुवाटार गएका थिए ।

    images

    सरकारलाई विभिन्न मागसहित विश्वासको मत दिएका महन्थले आज प्रधानमन्त्री देउवासँग भेटेर त्यसबारे छलफल गरेका हुन् ।

    यसअघि मंगलवार बसेको जसपा कार्यकारिणी समितिको बैठकले जसपाका नेता रेशम चौधरी लगायत राजनीतिक बन्दीको रिहाइसहित विभिन्न मागहरुसहित सरकारको ध्यानाकर्षण गराएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology