पोखरा । आज बिहान जनता समाजवादी पार्टीको अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको भेटवार्ता पाछी ठाकुर पक्ष पनि सरकारमा सहभागी हुने भएको छ ।
बिहानको भेटवार्ता पछ्ही जसपाको महन्थ ठाकुर पक्षले दुई वटा मन्त्रालय लिएर सरकारमा जाने भएको हो । अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको भेटवार्तामा दुई वटा मन्त्रालय लिएर सरकारमा जाने सहमति भएको बताइेको छ ।
बुधबार बिहान अध्यक्ष ठाकुर र प्रधानमन्त्री देउवाबीच बालुवाटारमा भेटवार्ता भएको थियो । ठाकुर पक्ष सरकारमा जाने विषयमा जसपाको उपेन्द्र यादव पनि सहमत रहेकाे स्रोतले जानकारी दियो ।
महन्थ पक्षले कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा सहमति भइनसकेको छैन् । साउन ३ गते प्रतिनिधिसभामा विश्वासको मत लिएका प्रधानमन्त्री देउवालाई जसपाको ठाकुर पक्षले पनि विश्वासको मत दिएको थियो ।