Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

झलनाथ खनालको उपचार खर्च जुटाउन तयार छौं, सरकारी खर्च प्रयोग नगरौं : गगन थापा

झलनाथ खनालको उपचार खर्च जुटाउन तयार छौं, सरकारी खर्च प्रयोग नगरौं : गगन थापा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ६, २०७८ बुधवार • १४:२३:५५ बजे
  • 3.0K
    SHARES
  • झलनाथ खनालको उपचार खर्च जुटाउन तयार छौं, सरकारी खर्च प्रयोग नगरौं : गगन थापा

    पोखरा । नेपाली कांग्रेसका नेता गगन थापाले एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च सरकारले बेहोर्न नहुने बताएका छन्। बुधवार सामाजिक सञ्जालमार्फत थापाले यस्तो बताएका हुन्।

    images

    पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका थापाले यसअघि ओली सरकारले गरेको निर्णयको समेत विरोध गरेका थिए। प्रधानमन्त्री देउवाले मंगलवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने क्रममा खनाललाई फोनमार्फत उपचार खर्च सरकारले बेहोर्ने वचन दिएका थिए। थापाले उक्त खबर गलत रहेको विश्वास आफूले गरेको जनाएका छन्।

    ‘व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो र अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईको भनाई उधृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ,’ थापाले भनेका छन्। मिर्गोलामा समस्या देखिएपछि खनाल भारतको एपोलो अस्पतालमा उपचाररत छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology