Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

उपसभापति विमलेन्द्र निधिको रवैयाकै कारण भन्दै सांसद सिंहले बुझाए सभापति देउवालाई राजीनामा

उपसभापति विमलेन्द्र निधिको रवैयाकै कारण भन्दै सांसद सिंहले बुझाए सभापति देउवालाई राजीनामा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ६, २०७८ बुधवार • २१:१६:१३ बजे
  • 646
    SHARES
  • उपसभापति विमलेन्द्र निधिको रवैयाकै कारण भन्दै  सांसद सिंहले बुझाए सभापति देउवालाई राजीनामा

    पोखरा । नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् ।

    images

    महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका क्रममा पार्टीभित्र उत्पन्न अवाञ्छित, अस्वाभाविक र भद्दा प्रवृत्तिले नेपाली काँग्रेस चुस्त र गतिशील बन्ने मार्गमा अवरोध पैदा गरेको भन्दै सांसद सिंहले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा पेश गरेका हुन् ।

    आफ्नो राजीनामा पत्रमा नेता सिंहले विशेषतः प्रदेश नं. २ मा पार्टीका उपसभापति विमलेन्द्र निधिले अवलम्बन गरेको नीति र व्यवहारले चिन्ताजनक स्थिति उत्पन्न गराएको उल्लेख गरेका छन् । निधिको रवैयाकै कारण प्रदेशमा काँग्रेस पार्टीको स्थिति रक्षात्मक अवस्थामा पुग्ने खतरा बढाएको र यस्तो स्थितिमा पार्टीको एक जिम्मेवार सदस्यका रूपमा आफूले विशेष निर्णय लिनुपर्ने भएको उनको जिकिर छ । पार्टी सभापति एवम् प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखिएको राजीनामा पत्रमा सिंहले भनेका छन्

     ‘मधेसमा काँग्रेसको प्रतिष्ठा र छवि रक्षा गर्दै ह्रासोन्मुख जनआस्था र विश्वास पुनर्स्थापना गर्न नागरिकको हैसियतमा मेरो भूमिका उपयोगी हुने भएकोले महामानव बीपी कोइरालाको स्मृति दिवसका दिन आजै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा गर्दछु ।’

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology