Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ७, २०७८ बिहिवार • १०:५१:२६ बजे
  • 697
    SHARES
  • एमाले केन्द्रीय कमिटी बैठक बस्दै

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सो बैठक आज पनि बस्न लागेको हो ।

    images

    तीन दिनदेखि बैठक जारी छ । एमालेको १०औँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारका उपलब्धि, सर्वोच्च अदालतको असार २८ गतेको फैसला पार्टीको आगामी कार्ययोजना, पार्टीको सुदृढीकरण र शुद्धीकरण अभियानलगायत विषय कार्यसूची रहेका छन् । बुधबारको बैठकमा पार्टी अध्यक्ष ओलीले असन्तुष्ट पक्षलाई एकतामा आउन आग्रह गरेका थिए । उनले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास आफू तत्पर रहेको बताए ।

    पार्टी नीतिविपरीत नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने नेता माधवकुमार नेपालसहित २२ सांसद्लाई स्पष्टीकरण सोधेको एमालेले त्यसबारे जवाफ आएपछि निर्णय गर्ने बताइएको छ । आजै ओली र नेपालबीच वार्ता हुने बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology