Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बेनी-दरवाङ सडक निर्माणमा ढिलाइ गर्ने ठेकेदार सांसदको पोष्टर टाँसेर विरोध

बेनी-दरवाङ सडक निर्माणमा ढिलाइ गर्ने ठेकेदार सांसदको पोष्टर टाँसेर विरोध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ७, २०७८ बिहिवार • १४:३३:४९ बजे
  • 2.2K
    SHARES
  • बेनी-दरवाङ सडक निर्माणमा ढिलाइ गर्ने ठेकेदार सांसदको पोष्टर टाँसेर विरोध

    म्याग्दी । बेनी-दरवाङ सडक निर्माणमा ढिला गरेपछि स्थानीयबासीले सडकमै ठेकेदारको फोटोसहितको पोष्टर राखेर विरोध गरेका छन् ।

    images

    स्थानीयले लामा समानान्तर जेभी कम्पनीका जिपछिरिङ लामाको फोटोसहितको पोस्टर सडकको विभिन्न ठाउँमा राखेका हुन् । लामा दोलखाका नेपाली कांग्रेसका समानुपातिकतर्फका सांसद हुन् ।

    २०७४ साउनमा बेनी सिमचोकसम्मको साढे १२ किलोमिटर सडकको ठेक्का लिएका लामाले २०७६ माघ १२ सम्ममा कार्य सम्पन्न गरिसक्नुपर्ने थियो । पटक-पटक थपिएको म्यादमा पनि काम नगर्दा सडकमा पहिरो जाने, खेतीयोग्य जमिनमा क्षति पुग्न थालेपछि गाउँलेले ठेकेदारको विरोध गरेका हुन् ।

    सडक फराकिलो बनाउने क्रममा पर्खाललगायतको काम नगर्दा सडक तलमाथिका बस्ती जोखिममा परेको स्थानीय बताउँछन् । निर्माण कम्पनीले न्यून जनशक्ति र उपकरण प्रयोग गरेका कारण सडक निर्माणमा ढिलासुस्ती भएको बताइएको छ । डोजरमात्र प्रयोग गरेर सडक फराकिलो बनाउँदा वर्खायाममा सडक आसपासका बस्तीमा पहिरोको जोखिम बढेको छ ।

    बेनी नगरपालिकासहित मंगला, मालिका र धवलागिरी गाउँपालिकाबासीसँग जोडिएको यस सडकलाई ११ मिटर चौडा बनाइ ७ मिटरमा कालोपत्रे गर्न ४५ करोड ५३ लाखमा सम्झौता भएको थियो । पूर्वाधार कार्यालय म्याग्दीले अहिलेसम्म ५० प्रतिशतमात्र काम सकिएको बताएको छ ।नेपाल प्रेसबाट साभार

  • सम्बन्धित विषय:

  • # पत्रपत्रिकाबाट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology