Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

गण्डकी प्रदेशमा माओवादी केन्द्रबाट सरकारमा जाने तीन जना मन्त्रीको टुंगो लाग्यो नामवली सहित

गण्डकी प्रदेशमा माओवादी केन्द्रबाट सरकारमा जाने तीन जना मन्त्रीको टुंगो लाग्यो नामवली सहित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ७, २०७८ बिहिवार • २१:११:०९ बजे
  • 1.4K
    SHARES
  • गण्डकी प्रदेशमा माओवादी केन्द्रबाट सरकारमा जाने तीन जना मन्त्रीको टुंगो लाग्यो नामवली सहित

    पोखरा । गण्डकी प्रदेशमा माओवादी केन्द्रबाट सरकारमा जाने तीन जना मन्त्रीको टुंगो लागेको छ ।

    images

    माओवादी केन्द्रबाट सांसदहरू रामजी बराल, चन्द्र बहादुर बुढा र दीपक चर्तीलाई सरकारमा पठाउने टुङ्गो लागेको हो । । केन्द्रका अनुसारा रामजी बराल अर्थमन्त्री बन्ने भएका छन् भने चर्ती वन तथा वातावरणमन्त्री र बुढाले कृषिमन्त्री बन्ने भएका छन् । उनीहरूको सपथ शुक्रबार दिउँसो १ बजेका लागि तय भएको छ ।

    बिहीबार बसेको कांग्रेस र माओवादी केन्द्रबीचको बैठकले माओवादीबाट सरकारमा जाने सांसदको टुंगो लागेको हो । माओवादी केन्द्रबाट यसअघि नै मधुमाया अधिकारी गुरुङ मन्त्री बनिसकेकी छन् । उनले अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालेकी छन् । गण्डकीमा गत जेठ २९ गते गठबन्धनको सरकार बनेको थियो ।

    कांग्रेस नेतृत्वमा सरकार बनेपनि गठबन्धनमा सहमति हुन नसक्दा मन्त्रीको टुंगो लाग्न सकेको थिएन ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology