Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चिनियाँ राष्ट्रपति

नेपालसँग मिलेर काम गर्ने इच्छा छ : चिनियाँ राष्ट्रपति सी

नेपालसँग मिलेर काम गर्ने इच्छा छ : चिनियाँ राष्ट्रपति सी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १७, २०७७ शनिवार • ०९:२५:५९ बजे
  • 4.9K
    SHARES
  • नेपालसँग मिलेर काम गर्ने इच्छा छ : चिनियाँ राष्ट्रपति सी
    एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनफिङले नेपालसँगको सम्बन्धलाई अत्यधिक महत्व दिएको बताएका छन् । नेपाल-चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वर्षगाँठको अवसरमा सीले नेपालसँग मिलेर काम गर्ने इच्छा रहेको बताएका छन् ।

    चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार चीन–नेपाल सम्बन्धको ६५ औं वर्षगाँठको अवसरमा राष्ट्रपति सीले नेपालकी समकक्षी विद्यादेवी भण्डारीसँग बधाइ सन्देश साटासाट गरेका छन् । नेपाल र चीनबीच सन् १९५५ अगष्ट १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

    द्विपक्षीय सम्बन्धलाई निरन्तर प्रगति पथमा अगाडि बढाउन सकियोस् भन्दै चिनियाँ राष्ट्रपति सीले नेपालसँग मिलेर काम गर्न गर्न इच्छुक रहेको बताएका छन् । दुबैदेशका नागरिकले अधिक लाभ लिन सक्नेगरी, क्षेत्रीय स्थिरता र विकासमा सकरात्मक योगदान दिन नेपालसँग मिलेरर अघि बढ्ने इच्छा चिनियाँ राष्ट्रपति सीले व्यक्त गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology