Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मापदण्ड पालना हुने गरी लामो दूरीका सवारी साधन सञ्चालनको तयारी

मापदण्ड पालना हुने गरी लामो दूरीका सवारी साधन सञ्चालनको तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ८, २०७८ शुक्रवार • १०:४०:२८ बजे
  • 1.2K
    SHARES
  • मापदण्ड पालना हुने गरी  लामो दूरीका सवारी साधन सञ्चालनको तयारी

    गृह मन्त्रालयले जनस्वास्थ्यको मापदण्ड पालना हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक गाडी सञ्चालनमा सहजीकरण गर्ने भएको छ । लोकसेवा आयोग, विश्वविद्यालय तथा कक्षा १२ को समेत परीक्षाको तालिका सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थीको आवागमनलाई ध्यान दिँदै गाडी सञ्चालनमा सहजीकरण गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

    images

    यसका लागि मन्त्रालयले प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । लामो दूरीको सार्वजनिक यातायात सञ्चालनबारे आज टुङ्गो लगाउने तयारी छ ।

    यसअघि काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अत्यावश्यक काम विशेषले काठमाण्डौ उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी गाडीलाई आवतजावत गर्न दिइने निर्णय गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology