Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एउटै मञ्चबाट सम्बोधन

ओली बाहेक आज छरिएर रहेका ७ शीर्ष कम्युनिस्ट नेताहरूले एउटै मञ्चबाट सम्बोधन गर्ने

ओली बाहेक आज छरिएर रहेका ७ शीर्ष कम्युनिस्ट नेताहरूले एउटै मञ्चबाट सम्बोधन गर्ने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ८, २०७८ शुक्रवार • १०:४१:४० बजे
  • 994
    SHARES
  • ओली बाहेक आज छरिएर रहेका ७ शीर्ष कम्युनिस्ट नेताहरूले एउटै मञ्चबाट सम्बोधन गर्ने

    पोखरा । आज ७ जना कम्युनिस्ट नेताहरूले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् । शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा पुष्पलाल स्मृति दिवसको अवसरमा ७ जना कम्युनिस्ट नेताहरूले सम्बोधन गर्ने भएका हुन् ।

    images

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, चन्द्रदेव जोशी र महिला नेतृ अष्टलक्ष्मी शाक्यसहित ७ जना कम्युनिस्ट नेताहरूले एउटै मञ्चबाट सम्बोधन गर्ने बताइएको छ ।

    छरिएर रहेका कम्युनिस्ट नेताहरूले पहिलोपटक एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ । नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक नेताहरुले धारणा राख्ने बताइएको छ ।

    कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षलाई भने बोलाएको छैन ।

  • सम्बन्धित विषय:

  • # कम्युनिस्ट नेताहरू
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology