Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

आज कांग्रेस पदाधिकारी बैठक बस्दै

आज कांग्रेस पदाधिकारी बैठक बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ८, २०७८ शुक्रवार • १०:४४:०२ बजे
  • 811
    SHARES
  • आज कांग्रेस पदाधिकारी बैठक बस्दै

    नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ। प्रधानमन्त्री एवम कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बैठक बस्न लागेको हो।

    images

    कांग्रेसले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने निर्णय गरेको थियो। पार्टी कार्यालय सानेपामा क्रियाशिल सदस्यता वितरणप्रति असन्तुष्टि जनाउँदै कार्यकर्ता अनशनमा बसेका कारण बैठक बूढानिलकण्ठमा डाकिएको हो ।

    नेताहरुविरुद्ध नाराबाजी र होहल्ला हुने अवस्थालाई ध्यानमा राख्दै कांग्रेसले बैठक पार्टी कार्यालयमा नराखेको हो। आजको बैठकमा क्रियाशिल सदस्यताको विवादबारे छलफल हुने बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology