नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच संवादहीनता देखिएको छ । तत्काल वार्ता गर्ने भन्दै स्थायी कमिटी स्थगित भएको चार दिन पुग्दा पनि ओली-प्रचण्डबीच औपचारिक संवाद हुन सकेको छैन ।
पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले निकास निकाल्नेगरी संवाद गर्न र समय मिलाउन महासचिव विष्णु पौडेलमार्फत ओलीलाई सन्देश पठाएपछि ओलीले पनि त्यसको जवाफ दिएका छन् । महासचिव पौडेलमार्फत ओलीले वार्ताका लागि अनिच्छा व्यक्त गरेका एक सचिवालय सदस्यले जानकारी दिए ।
ओलीको सन्देश बोकेर महासचिव पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेल हिजो बेलुकी प्रचण्ड निवास खुमलटार पुगेका थिए । उनीहरुले खुमलटार पुगेर तत्काल वार्ताको सम्भावना नरहेको सन्देश प्रचण्डलाई दिएका छन् ।
महासचिव पौडेलले खुमलटारमा ओलीले भनेको कुरा जानकारी गराए । 'निष्कर्षमा पुग्ने भनेको पहिल्यैकै एजेण्डामा सहमति हुने भएमात्र हुन्छ । अन्यथा वार्ताको कुनै औचित्य छैन । मेरो तर्फबाट कम्परमाइज हुने कुनै कुरा छैन । अध्यक्ष र प्रधानमन्त्रीबाहेकमा छलफल गर्न सकिन्छ ।' ओलीलाई उदृतगर्दै पौडेलले सुनाए ।
प्रचण्डले सकरात्मक परिणाम निकाल्नेगरी र पार्टी एकताको भावना अनुसार निकास निकाल्नेगरी छलफलका लागि पौडेलमार्फत सन्देश पठाएका थिए । त्यसको जवाफमा ओलीले वार्ताका लागि अनिच्छा र आफ्नो तर्फबाट कम्परमाइज असम्भव भएको सन्देश पठाएका ती सचिवालय सदस्यले नागरिकखबरलाई जानकारी दिए ।
पार्टीभित्रको विवाद चर्किएपछि दुवैतर्फका नेताहरु शक्ति सञ्चयका लागि लागिपरेका छन् । ओलीले पछिल्ला केहीदिनमा आफूइतर समूहका नेतासँगको भेटवार्तालाई तिब्रता दिएका छन् । प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले पनि अनौपचारिक छलफल गरिरहेका छन् ।
१३ गतेको बैठकसँगै दुबैपक्ष शक्ति सञ्चयमा लागेको देखिएको छ । ओलीले संसदीय दलमा बहुमत जुटाउने प्रयास थालेका छन् भने प्रचण्ड-नेपाल समूहले आफ्नो समूहका नेताहरुको संरक्षण गर्न थालेका छन् । दुवै पक्षले एकअर्कालाई कमजोर पार्ने रणनीतिमा सबै विकल्पमा छलफल गरिरहेका छन् ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच संवादहीनता देखिएको छ । तत्काल वार्ता गर्ने भन्दै स्थायी कमिटी स्थगित भएको चार दिन पुग्दा पनि ओली-प्रचण्डबीच औपचारिक संवाद हुन सकेको छैन ।
पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले निकास निकाल्नेगरी संवाद गर्न र समय मिलाउन महासचिव विष्णु पौडेलमार्फत ओलीलाई सन्देश पठाएपछि ओलीले पनि त्यसको जवाफ दिएका छन् । महासचिव पौडेलमार्फत ओलीले वार्ताका लागि अनिच्छा व्यक्त गरेका एक सचिवालय सदस्यले जानकारी दिए ।
ओलीको सन्देश बोकेर महासचिव पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेल हिजो बेलुकी प्रचण्ड निवास खुमलटार पुगेका थिए । उनीहरुले खुमलटार पुगेर तत्काल वार्ताको सम्भावना नरहेको सन्देश प्रचण्डलाई दिएका छन् ।
महासचिव पौडेलले खुमलटारमा ओलीले भनेको कुरा जानकारी गराए । 'निष्कर्षमा पुग्ने भनेको पहिल्यैकै एजेण्डामा सहमति हुने भएमात्र हुन्छ । अन्यथा वार्ताको कुनै औचित्य छैन । मेरो तर्फबाट कम्परमाइज हुने कुनै कुरा छैन । अध्यक्ष र प्रधानमन्त्रीबाहेकमा छलफल गर्न सकिन्छ ।' ओलीलाई उदृतगर्दै पौडेलले सुनाए ।
प्रचण्डले सकरात्मक परिणाम निकाल्नेगरी र पार्टी एकताको भावना अनुसार निकास निकाल्नेगरी छलफलका लागि पौडेलमार्फत सन्देश पठाएका थिए । त्यसको जवाफमा ओलीले वार्ताका लागि अनिच्छा र आफ्नो तर्फबाट कम्परमाइज असम्भव भएको सन्देश पठाएका ती सचिवालय सदस्यले नागरिकखबरलाई जानकारी दिए ।
दुवैतर्फ अनौपचारिक छलफल
पार्टीभित्रको विवाद चर्किएपछि दुवैतर्फका नेताहरु शक्ति सञ्चयका लागि लागिपरेका छन् । ओलीले पछिल्ला केहीदिनमा आफूइतर समूहका नेतासँगको भेटवार्तालाई तिब्रता दिएका छन् । प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले पनि अनौपचारिक छलफल गरिरहेका छन् ।
१३ गतेको बैठकसँगै दुबैपक्ष शक्ति सञ्चयमा लागेको देखिएको छ । ओलीले संसदीय दलमा बहुमत जुटाउने प्रयास थालेका छन् भने प्रचण्ड-नेपाल समूहले आफ्नो समूहका नेताहरुको संरक्षण गर्न थालेका छन् । दुवै पक्षले एकअर्कालाई कमजोर पार्ने रणनीतिमा सबै विकल्पमा छलफल गरिरहेका छन् ।