Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमाले उपाध्यक्ष भीम रावलले लिए प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता

एमाले उपाध्यक्ष भीम रावलले लिए प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ८, २०७८ शुक्रवार • १३:१५:०९ बजे
  • 1.2K
    SHARES
  • एमाले उपाध्यक्ष भीम रावलले लिए प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता

    पोखरा । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन्।

    images

    रावलले शुक्रबार सभामुख अग्नी सापकोटालाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिने निर्णय गरेको बताएका हुन् ।

    रावलले साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनु भन्दा अगाडि राजीनामा दिएका थिए। पार्टी एकताको लागि देउवालाई विश्वासको मत नदिन आफूले गरेको आग्रह माधव नेपालले नमानेपछि रावलले राजीनामा दिएका थिए ।

    रावलले आज हुने संसद बैठक बस्नुअघि राजीनामा फिर्ता लिएको सभामुखको सचिवालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # भीम रावल
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology