Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

गण्डकीमा बिन्दु कुमार सहित तीनलाई मन्त्री बनाउदै कांङ्रेस,दोबाटे विकको ठाउँमा विन्दुकुमारको नाम

गण्डकीमा बिन्दु कुमार सहित तीनलाई मन्त्री बनाउदै कांङ्रेस,दोबाटे विकको ठाउँमा विन्दुकुमारको नाम

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ८, २०७८ शुक्रवार • १३:३५:०४ बजे
  • 2.8K
    SHARES
  • गण्डकीमा बिन्दु कुमार सहित तीनलाई मन्त्री बनाउदै कांङ्रेस,दोबाटे विकको ठाउँमा विन्दुकुमारको नाम

    पोखरा । गण्डकी प्रदेशमा सतारुढ दल नेपाली काङ्रेसले पनि मन्त्री बन्नेहरुको टुङ्गो लगाएको छ ।

    images

    मन्त्री बन्नेहरुमा विन्दु कुमार थापा ,मणिचन्द्र शर्मा र मेखलाल श्रेष्ठ रहेका छन । यस अघि भने कांग्रेसले दोबाटे विकलाई मन्त्री बनाउने निर्णय गरिएको थियो ।

    यदपी विकको ठाउमा विन्दुकुमार थापालाई मन्त्री बनाउने भएको छ । यसअघि विकको नाम चयन गरेको कांग्रेसले पछि फेरि उनको नाम हटाएर थापालाई मन्त्री बनाउने निर्णय गरेको हो । दोबाटे कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् । व्यापारिक पृष्ठभूमिबाट आएका थापा पार्टी सभापति शेरबहादुर देउवा निकट छन् ।

    उनी स्थानीय तहको चुनावमा पोखरा महानगरपालिकाको मेयरका आकांक्षी थिए । उनले प्रतिनिधिसभा चुनावमा पनि टिकटको दाबी गरेका थिए । तर पछि प्रदेशसभाको टिकट पाएका थिए ।

    कांग्रेसले गण्डकी प्रदेशमा मणिचन्द्र शर्मा र मेखलाल श्रेष्ठलाई पनि मन्त्री बनाउने निर्णय गरेको छ । श्रेष्ठ गोपालमान श्रेष्ठका आफन्त हुन् । श्रेष्ठ पनि व्यापारिक पृष्ठभूमिका नेता हुन् ।

    सत्ता साझेदार प्रमुख दल माओवादी केन्द्रले बिहीबार ३ जनाको नाम टुंग्याएपछि मुख्यमन्त्री पोखरेलले आफ्नो पार्टीबाट पनि थप ३ जनालाई समेटेर मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका छन् ।

    माओवादी केन्द्रले कास्कीका रामजी बराल ‘जीवन’, बागलुङका चन्द्रबहादुर बुढा र स्याङ्जाका दीपक चर्तीमगरको नाम सिफारिस गरेको छ ।

    माओवादीबाट सिफारिस पार्टी संसदीय दलका उपनेता बराललाई अर्थ, बुढालाई भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण र चर्तीमगरलाई वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयको जिम्मेवारी दिइने भएको सरकारका प्रवक्ता एवम् शिक्षा तथा सामाजिक विकास मन्त्री कुमार खड्काले जानकारी दिए । माओवादी केन्द्रकी मधु अधिकारी गुरुङलाई भने यसअघि नै स्वास्थ्यमन्त्री बनाइसकिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology