Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

महासचिव विप्लव र राप्रपा अध्यक्ष थापाबीच भेटवार्ता

महासचिव विप्लव र राप्रपा अध्यक्ष थापाबीच भेटवार्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ८, २०७८ शुक्रवार • १३:४९:४३ बजे
  • 1.3K
    SHARES
  • महासचिव विप्लव र राप्रपा अध्यक्ष थापाबीच भेटवार्ता

    नेकपा महासचिव नेतविक्रम चन्द विप्लव नेतृत्वको टोलीले शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष कमल थापालाई बुढानीलकण्ठस्थित उनकै निवासमा भेटवार्ता गरेका छन् ।

    images

    गत फागुन २० गते तत्कालीन ओली सरकारसँग भएको सहमति कार्यान्वयनका लागि सरकार समर्थित दलहरुसँगको छलफल बाक्लो बनाएको नेकपाले फरक एजेण्डा बोकेको राप्रपासँग पनि राजनीतिक विषयमा छलफल गरेको हो ।

    राप्रपा अध्यक्ष थापाले पूर्व सरकारले गरेका तीन बुँदे सहमति कार्यान्वयनका लागि वर्तमान सरकारले समेत अग्रसरता लिनुपर्ने बताए ।

    भेटमा राप्रपाबाट अध्यक्ष थापासहित नेताहरु दीपक बोहोरा र बुद्धिमान तामाङ तथा नेकपाका महासचिव चन्दसहित नेताहरु धमेन्द्र बाँस्तोला, खड्गबहादुर विश्वकर्मासहितको टोली सहभागी थियो ।

    नेकपा नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य लगायतसँग यसअघि नै भेटघाट गरिसकेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology