Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

गण्डकीमा ६ मन्त्रीले लिए सपथ, अन्तिम समयमा तनहुँका सांसद डोबाटे विकको मन्त्रीबाट नाम काटियो

गण्डकीमा ६ मन्त्रीले लिए सपथ, अन्तिम समयमा तनहुँका सांसद डोबाटे विकको मन्त्रीबाट नाम काटियो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ८, २०७८ शुक्रवार • १४:४८:०१ बजे
  • 1.0K
    SHARES
  • गण्डकीमा ६ मन्त्रीले लिए सपथ, अन्तिम समयमा तनहुँका सांसद डोबाटे विकको मन्त्रीबाट नाम काटियो

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ६ जना मन्त्रीहरुलाई पद तथा गोपिनियताको सपथ खुवाएको छ ।

    images

    उनले आज शुक्रबार ६ जना सांसदलाई मन्त्री नियुक्त गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष सपथ खुवाएका हुन । माओवादी सांसद रामजी बराल आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भए ।

    माओवादीकै दीपक चर्तीमगर वन तथा वातावरण र चन्द्रबहादुर बुढा कृषि तथा सहकारी मन्त्री भएका छन् । कांग्रेस सांसद मणिभद्र शर्मा कँडेल उद्योग पर्यटन मन्त्री नियुक्त भएका छन् । उनी बागलुङका हुन् ।

    कास्कीका विन्दुकुमार थापा कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री नियुक्त भएका छन् ।  स्याङ्जाका मेखलाल श्रेष्ठले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    काँग्रेस सांसद डोबाटेको अन्तिम समयमा नाम काटिएको छ । तनहुँका डोबाटे विश्वकर्मा हिजो मन्त्री बनाउने सुचिमा थिए । तर उनको नाम हटाएर कास्की बाट कास्की क्षेत्र नम्बर २ ख बाट प्रत्यक्ष निवाचित काँग्रेस संसद विन्दुकुमार थापा गण्डकी प्रदेश सरकारको मन्त्री बनेका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology