Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कसलाई मन्त्री बनाउने भन्नेबारे प्रचण्डलाई तनाव,भने 'मेरो दिमाखभित्र आतंक छ, सबैलाई बनाउन पाइँदैन'

कसलाई मन्त्री बनाउने भन्नेबारे प्रचण्डलाई तनाव,भने 'मेरो दिमाखभित्र आतंक छ, सबैलाई बनाउन पाइँदैन'

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ९, २०७८ शनिवार • १०:१७:५१ बजे
  • 2.0K
    SHARES
  • कसलाई मन्त्री बनाउने भन्नेबारे प्रचण्डलाई तनाव,भने 'मेरो दिमाखभित्र आतंक छ, सबैलाई बनाउन पाइँदैन'

    तस्विर : प्रबिन रानाभाट पहिलोपोष्ट ,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्य पुष्पकमल दाहाल प्रचण्ड तनावमा परेका छन्। सरकार बिस्तारलाई लिएर आफू चिन्तामा रहेको प्रचण्डले बताए। यो समाचार पहिलो पोष्टडटकमले लेखेको छ ।

    images

    पार्टीका धैरै नेताहरु आंकांक्षी भएपछि प्रचण्डले आफूलाई अप्ठेरो बएको बताए। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नरबहादुर कर्माचार्यको ८ औं स्मृति सभामा प्रचण्डले माओवादीले धेरैमा ७ जना मन्त्री पाउने बताए।

    'कल्लाई मन्त्री बनाउने मेरो दिमाखभित्र आतंक छ। म मानसिक तनावमा छु। सबैलाई बनाए त हुने। तर त्यो त हुदैन। हामी आदर्शका कुरा गर्ने तर पदको आकांक्षा धेरै गर्ने,' उनले भने।

    सर्वोच्च अदालतको परमादेशपछि विपक्षी गठबन्धनलाई नेतृत्व गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त भएका हुन्। देउवा मन्त्रिपरिषद्मा हाल उनीसहित पाँच जना मन्त्री छन्। जसमध्ये कांग्रेसका दुई र माओवादीका दुई जना मन्त्री छन्। जनता समाजवादी पार्टी, एमालेको माधव नेपाल पक्ष र जनमोर्चालाई अझै सरकारमा समावेश गरिएको छैन।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology