Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

अध्ययनले भन्छ कोरोना भाइरस संक्रमित व्यक्तिले ९ दिनपछि अर्को व्यक्तिमा कोरोना सार्न सक्दैन

अध्ययनले भन्छ कोरोना भाइरस संक्रमित व्यक्तिले ९ दिनपछि अर्को व्यक्तिमा कोरोना सार्न सक्दैन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १७, २०७७ शनिवार • १९:३७:३१ बजे
  • 4.4K
    SHARES
  • अध्ययनले भन्छ कोरोना भाइरस संक्रमित व्यक्तिले ९ दिनपछि अर्को व्यक्तिमा कोरोना सार्न सक्दैन
    एजेन्सी । कोरोना भाइरसको संक्रमणलाई लिएर संसारभर विभिन्न प्रकारका अध्ययन भइरहेका छन् । अनुसन्धान हुँदैजादा नयाँ नयाँ तथ्य सार्वजनिक भएका छन् । नयाँ अध्ययनले कोरोना भाइरस संक्रमित व्यक्तिले ९ दिनपछि अर्को व्यक्तिमा कोरोना सार्न नसक्ने देखिएको छ ।

    मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन रिपोर्टमा ७९ तथ्याङ्कको विश्लेषण गरिएको छ । तथ्याङ्क विश्लेषण गर्दा नौ दिनपछि कोरोना संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्दैन । अनुसन्धानकर्ता मुग केभिक र एन्टोयिाले यसको थप विश्लेषण आवश्यक रहेकामा जोड दिएका छन् । तर, अध्ययन अनुसार कोरोना भाइरसको जेनेटिक मेटेरियल आएएनए बिरामीको घाटीमा औसतमा १७ देखि ८३ दिनसम्म रहन्छ ।

    यो सरुवा नहुने पत्ता लागेको छ । पिसिआर रिपोर्टमा कमजोर आएएनए फेला पर्छ, जुन अरु व्यक्तिलाई सार्न असक्षम हुन्छ । अध्ययनमा श्वास नली र दिशामा लामो समयसम्म कोरोना रहन सक्छ । अनुसन्धानकर्ताले भन्छन्, कयौँ अध्ययनले सुरुवाती दिनमा मानिसको शरीरमा भाइरसको संख्या अधिक हुन्छ । पाँचदिनसम्म कोरोना सर्ने सम्भावना धेरै देखिन्छ । धेरै बिरामीले नौ दिनपछि मात्र पिसिआर टेष्ट गर्ने भएकाले उनीहरुबाट मानिसमा सर्ने सम्भावना हुँदैन ।

    अनुसन्धानकर्ताले लक्षण नभएका कोरोना संक्रमितलाई फेरि कोरोना संक्रमण हुने सम्भावना धेरै हुने दावी पनि गरेका छन् । रसियन वैज्ञानिकहरुले भने पानीमा परेपछि कोरोना भाइरस लामो समयसम्म बाँच्न नसक्ने बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology