Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

राजनीतिक सत्ता समीकरण मिलाउन माओवादी केन्द्रका अध्यक्ष दाहाल दौडधुप

राजनीतिक सत्ता समीकरण मिलाउन माओवादी केन्द्रका अध्यक्ष दाहाल दौडधुप

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ९, २०७८ शनिवार • १०:३९:३५ बजे
  • 1.3K
    SHARES
  • राजनीतिक सत्ता समीकरण मिलाउन माओवादी केन्द्रका अध्यक्ष दाहाल दौडधुप

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक सत्ता समीकरण मिलाउन दौडधुपमा छन् । आज बिहानै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका प्रचण्ड अहिले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

    images

    मन्त्रिपरिषद विस्तार र भागबण्डाका साथै माधव नेपाल समूहलाई सरकारमा सहभागी गराउने कानुनी र राजनीतिक जटिलताका विषयमा नेताहरूबीच छलफल भएको छ । देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको संख्या र सहभागिताबारे प्रचण्डको अगुवाइमा छलफल भइरहेको छ ।

    प्रधानमन्त्री देउवाले विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार गर्ने सत्ता गठबन्धनको तयारी थियो । एमालेका माधव नेपाल समूहको सरकारमा सहभागिताका विषयमा टुंगो नलागेपछि मन्त्रिपरिषद विस्तारमा ढिलाइ भइरहेको छ ।

    सरकारमा सहभागिता जनाउन नेपाल समूहलाई कानुनी र राजनीतिक जटिलता छ । शीर्ष नेताहरूबीच अप्ठ्यारा फुकाउने विषयमा समेत परामर्श चलिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology