Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चीन भारत

किन बढायो लिपुलेक नजिकै चीनले सैन्य गतिविधि : भारतको आपत्ति

किन बढायो लिपुलेक नजिकै चीनले सैन्य गतिविधि : भारतको आपत्ति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १७, २०७७ शनिवार • २०:२१:२२ बजे
  • 3.0K
    SHARES
  • किन बढायो लिपुलेक नजिकै चीनले सैन्य गतिविधि : भारतको आपत्ति
    एजेन्सी । नेपाल–भारत सीमा विवाद बढिरहेको समयमा चीनले भारतीय अतिक्रमणमा परेको नेपालको लिपुलेक नजिकैको सीमावर्ती क्षेत्रमा सैन्य गतिविधि बढाएको छ । चीनले ‘पिपुल्स लिबरेसन आर्मी’ (पिएलए) को एउटा बटालियन नै लिपुलेक नजिकै तैनाथ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नेपाल–भारत सीमा विवाद बढिरहेको समयमा चीनले एकाएक सो क्षेत्रमा सैन्य गतिविधि बढाएको भन्दै भारतीय मिडियाले प्रमुखताका साथ समाचार सार्वजनिक गरेका छन् ।

    भारतीय सुरक्षा अधिकारीलाई उदृतगर्दै भारतीय सञ्चारमाध्यमले नेपालसँगको विवादको समयमा चीनले एक बटालियन सुरक्षाकर्मी तैनाथ गर्नूलाई अर्थपूर्ण भनेर टिप्पणी गरेका छन् । नेपालको गम्भीर आपत्ति भए पनि भारतले सडक निर्माण गरी उद्घाटनसमेत गरेपछि नेपाल–भारत सीमा विवाद उत्कर्षमा पुगेको छ ।

    यहीँ विवादकाबीच चीनले उक्त क्षेत्र नजिकैको आफ्नो क्षेत्रमा सुरक्षाफौज तैनाथ गरेको छ । नेपालको भूमि आफ्नो नक्सामा राखेपछि भारतले अतिक्रमण गरेको भूमि समेटेर नेपालले नक्सा प्रकाशित गरेको थियो । त्यसपछि नेपाल र भारतबीचको संवादहीनताको अवस्था छ ।

    भारतले नेपाली भूमि अतिक्रमण गरेपछि कालापानी नजिकै सशस्त्र प्रहरी पनि तैनाथ भएको छ । चीनले लिपुलेक नजिकै झण्डै १ हजार सुरक्षाकर्मीसहित बटालियन नै स्थापना गरेको छ ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology