Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा एमालेका नेता बादल र विप्लवबीच भेटवार्ता

नेकपा एमालेका नेता बादल र विप्लवबीच भेटवार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ९, २०७८ शनिवार • १९:५३:०१ बजे
  • 1.9K
    SHARES
  • नेकपा एमालेका नेता बादल र विप्लवबीच भेटवार्ता

    नेकपा एमालेका नेता रामबहादुर थापा बादल र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दबीच शनिबार भेटवार्ता भएको छ । पूर्वमाओवादी नेता बादललाई भेट्न विप्लव उनको निवासमा पुगेका थिए ।

    images

    भेटमा विप्लव समूहका नेताहरु खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर पनि सहभागी थिए । उनीहरुबीच भएको कुराकानीको विषय सार्वजनिक गरिएको छैन । बादल र विप्लव विगतमा सँगै सशस्त्र युद्धमा सहभागी भएका थिए । तत्कालिन नेकपा माओवादीबाट मोहन वैद्य समूह अलग हुँदा बादल र विप्लव दुवैले वैद्यलाई साथ दिएका थिए । 

    त्यसको एक वर्ष नपुग्दै विप्लवले अर्को पार्टी गठन गरेर गए भने बादल नेकपा माओवादी केन्द्रमा फर्किए । हाल बादलले माओवादी केन्द्र पनि छाडेर नेकपा एमालेमा रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # विप्लव
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology