Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

ब्युँझाइयो नेपाल सद्भावना पार्टी

ब्युँझाइयो नेपाल सद्भावना पार्टी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १०, २०७८ आइतवार • ०९:५०:०५ बजे
  • 502
    SHARES
  • ब्युँझाइयो नेपाल सद्भावना पार्टी

    एकताका चर्चामा आएको नेपाल सद्भावना पार्टी ब्युँझाइएको छ। रामकुमार महतो, सिताराम रौनियार, भरत साह, रवीन्द्र चौधरी (राजेश), सत्यनारायण साह, पवन साहलगायतका केही व्यक्तिहरूले निर्वाचन आयोगमा नेपाल सद्भावना पार्टी नाम गरेको दल दर्ता गरेका छन्। आयोगमा उक्त पार्टी १ सय ५५औ नम्बरमा दर्ता भएको छ।

    images

    साथै आयोगले उक्त पार्टीलाई पञ्जाछाप चुनाव चिन्ह प्रदान गरेको छ। पञ्जाछाप चुनाव चिह्न पुरानो सद्भावना पार्टीको चुनाव चिह्न हो। २०४७ बैशाख ३ गते गजेन्द्रनारायण सिंहको नेतत्वमा नेपाल सद्भावना पार्टी दर्ता भएको थियो। पछि उक्त पार्टीको नाममा थुपै कानुनी लडाइँ भएको थियो। नेपाल सद्भावना पार्टीको आधिकारिकता पाउन निर्वाचन आयोग र सर्वोच्चमा पटकपटक मुद्दा दायर भएको थियो। पछिल्लो समयमा नेपाल सद्भावना पार्टी अनिल झासँग पुगेको थियो।

    झाले नेपाल सद्भावना पार्टीलाई तत्कालीन राष्ट्रिय जनता पार्टीसँग एकीकरण गराएका थिए। त्यसपछि नेपाल सद्भावना पार्टी नेपाली राजनीतिबाट हराएको थियो। हराएको पार्टीलाई पुन ब्युँझाइएको सहमहासचिव राजेश चौधरीले बताए। उनले भने, ‘उनले भने यो पार्टीलाई पहिले झैं मधेसमा लोकप्रिय बनाउछौं।’ समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # सद्भावना पार्टी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology