Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

निर्मला पन्त पक्ररण : आज तीन बर्ष पुरा, निर्मला सम्झिँदै काङ्रेस प्रवक्ता शर्मा गराए प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण

निर्मला पन्त पक्ररण : आज तीन बर्ष पुरा, निर्मला सम्झिँदै काङ्रेस प्रवक्ता शर्मा गराए प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १०, २०७८ आइतवार • १२:४९:१० बजे
  • 2.1K
    SHARES
  • निर्मला पन्त पक्ररण : आज तीन बर्ष पुरा, निर्मला सम्झिँदै काङ्रेस प्रवक्ता शर्मा गराए प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण

    पोखरा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तलाई सम्झिँदै पार्टी सत्तारुढ बनेपछि समयले जवाफ माग्ने बताएका छन् ।

    images

    सामाजिक सञ्जाल ट्विटरमा लेख्दै प्रवक्ता शर्माले प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण समेत गराएका छन् ।

    शर्माले लेखेका छन्, ‘बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते ३ बर्ष पुग्यो । सम्माननीय प्रधानमन्त्री र माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु । प्रतिपक्षमा छँदा प्रश्न थिए हामीसँग । सत्तारूढ बनेपछिको समयले जवाफ माग्छ । सरकार भर्खर बनेको छ, अब गहन दायित्व निभाउन विशेष गम्भीरता अपेक्षित छ ।’ निर्मलालाई न्यायसँगै अब कसैले पनि यस्तो नियति भोग्न नपरोस् भन्न विशेष तदारुकता बढाउनुपर्ने सुझाव समेत प्रवक्ता शर्माले दिए ।

    उनले लेखे, ‘बालिका र महिला उपर हिंसा, बलात्कार र हत्याको अनेक घटना देशले जो व्यहोर्दै आयो, त्यो नियन्त्रण गर्न राज्यको कठोरतासँगै राजनैतिक द्वन्द्वभन्दा माथि सामाजिक रूपान्तरणको साझा अठोट र अभियान जरुरी छ । निर्मलालाई न्यायसँगै, कसैले पनि यस्तो नियति भोग्न नपरोस्, बिशेष तदारुकता बढाऔं !’

  • सम्बन्धित विषय:

  • # निर्मला पन्त
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology